कोहलपुर ।
राप्तीसोनारी गाउँपालिका–५ इन्टेक नजिकै नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । बुधबार बिहान साढे ९ बजे घाँस काट्न गएका राप्तीसोनारी–५ गोरधुईका २६ वर्षीय नरबहादुर कामी नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएलगत्तै कामीको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।
डुबेको स्थानदेखि दुई किलोमिटरभन्दा पश्चिम राप्ती नदीमा खोजी गरे पनि फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी नायब निरीक्षक (सइ) प्रवीण डिसीले बताए ।
सशस्त्र प्रहरी बल, राप्तीसोनारी–१ कुसुमबाट दुईजना, ईलाका प्रहरी कार्यालय धामपुरबाट सातजनाको टोलीसहित स्थानीय कामीको खोजीकार्य जारी राखेको उनले जनाए ।
प्रकाशित मिति : २०७९ असार २३ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्