बाँके ।
बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियामा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । इट्टा उद्योगको खाल्डोमा नुहाउन गएका स्थानीय १७ वर्षीय राजन बर्माको डुबेर मृत्यु भएको हो ।
बिहीबार दिउँसो नुहाउन गएका बर्मा धेरै बेरसम्म पोखरीबाट बाहिर ननिस्केपछि सँगै गएका साथीहरुले घरमा खबर गरेका थिए । उनको शव बिहीबार रातिमात्र फेला परेको ईलाका प्रहरी कार्यालय हिरमिनियाले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेर रातिमात्र बर्मालाई मृत फेला पारेका हुन् । शवलाई पोस्टपार्टमपछि शुक्रबार नै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असार १८ गते शनिबार









प्रतिक्रिया दिनुहोस्