कोहलपुर ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मालपोत कार्यालय कोहलपुरमा तत्काल स्थापना गर्न ध्यानाकर्षण गराइएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, क्षेत्रीय सभापति पोषण केसीलगायतका नेताले मालपोत कार्यालय कोहलपुरमा तत्काल स्थापना गर्न ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला सभापति गौडेल, क्षेत्रीय सभापति केसीसँगै बाँकेका निवर्तमान उपसभापति फूलाराम थारु, महासमिति सदस्य द्रोपदी ओली, जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रवक्ता डिल्ली गिरी र नेपालगन्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख उमा थापामगरलगायतका नेता प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउन काठमाडौं पुगेका थिए ।
मिसन टुडे दैनिकसँगको टेलिफोन कुराकानीमा प्रवक्ता गिरीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवासँग भेटघाट गरिएको बताए । ‘हामीले प्रधानमन्त्रीलाई भेटेर मालपोत कार्यालय तत्काल कोहलपुरमा स्थापना गर्न अनुरोध गरेका छौँ,’ उनले भने, ‘यसबारे प्रधानमन्त्रीले यथाशिघ्र पहल गर्ने आश्वासन दिनुभएको छ ।’









प्रतिक्रिया दिनुहोस्