बाँकेमा पनि मनाइयो योग दिवस



नेपालगन्ज ।

आठौं विश्व योग दिवस नेपालगन्जमा पनि मनाइएको छ ।

‘मानवताका लागि योग’ भन्ने नाराका साथ मनाइएको दिवसका अवसरमा योग समिति नेपालको केन्द्रीय कार्यालय न्यूरोडबाट ब्यान्ड बाजासहित निस्केको ¥याली सेतु विक चोक, न्यूरोड, सदरलाइन हँुदै महेन्द्र पार्कमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

समितिका अध्यक्ष एवम् योग गुरु गिरीराज भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले योग मानव स्वास्थ्यका लागि जरुरी भएको बताए ।

उनले नेपालगन्जमा योगलाई प्रवद्र्धन गर्न कार्यक्रम तय गरिने पनि बताए । कार्यक्रममा योगअभ्याससमेत गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ८ गते बुधबार