एनआईसी एसिया लघुवित्तद्धारा मृत्यु दावी भुक्तानी



बाँके ।

एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेड चिसापानी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । सो शाखा अन्र्तगत बैजनाथ– ४ की समूह नम्बर ५४ की कमला वि.सी.को गत असोज २६ गते भएको थियो ।

कमलाले सो शाखाबाट लिएको रु ५ लाख लिएकी थिइन् । उनले लिएको सो ऋण ५ लाख र क्रिया खर्च वापत ५० हजार गरि ५ लाख परिवारलाई मुत्यु दावी भुक्तानी गरिएको हो ।

बैजनाथ गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष प्रेमबहादुर शाही, चिसापानी शाखा प्रमुख नविन ढकाल तथा समूह संचालक कर्मचारी कौशिला बोहोरा र समुहका सदस्यहरुको रोहबरमा सो रकम हस्तारन्तरण गरिएको थियो ।

ज्योती लाइफ इन्सोरेन्समा उनको ऋण बिमा गरिएको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार