कोहलपुर ।
कोहलपुर सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेना केन्द्रको भवन शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिका २ स्थित सिद्धि विनायक सामुदायिक वन क्षेत्रमा शनिबार उक्त भवनको शिलान्यास गरिएको हो ।
एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य र कोहलपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरसिंह कठायतले संयुक्तरुपमा शिलान्यास गरेको थिए ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको पाँच लाख रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण हुन थालेको छ । भवन शिलान्यास कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।
भवन शिलान्यास कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष यमबहादुर गैरेले गरेका सामुदायिक सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक (सइ) रुपा बुढा मगरले जनाइन् ।









प्रतिक्रिया दिनुहोस्