नेपालगन्ज न्यूरोड क्षेत्रका होटेलबाट यौन गतिविधिमा संलग्न सात पक्राउ



नेपालगन्ज ।

वडा प्रहरी कार्यालय नेपालगन्जले होटेलमा अवाञ्छित यौन क्रियाकलाप गर्नेहरुलाई पक्राउ गर्ने क्रमलाई जारी राखेको छ ।

नेपालगन्जका विभिन्न क्षेत्रका होटेलमा अवाञ्छित यौन गतिविधि भइरहेको भनेर स्थानीयले गुनासो गरेपछि होटेलहरुमा निगरानी बढाइएको वडा प्रहरी कार्यालयका इञ्चार्ज तथा प्रहरी निरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

यसैबीच प्रहरीले बिहीबार बेलुकी न्यूरोड क्षेत्रका केही होटेल तथा रेष्टुरेन्टहरुबाट अवाञ्छित यौन गतिविधिमा संलग्न सातजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा ६ जना महिला र एकजना पुरुष रहेका छन् ।

पक्राउ परेकामध्ये एकजना होटल सञ्चालिका पनि रहेकी छन् । उनीहरुलाई पक्राउ परेर जिल्ला प्रहरीको जिम्मा लगाइएको सिंहले बताए ।

अवाञ्छित यौन गतिविधिविरुद्ध स्थानीयहरुले कारबाही गरिदिन अनुरोध गरेको र कानुनले पनि बन्देज गरेका क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरिएको सिंहले बताए । त्यसमा स्थानीयहरुलाई नै परिचालन गरेर सूचना संकलन गर्ने गरिएको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ४ गते शनिबार