काठमाडौ : टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ। सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।
असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख ज्ञान माया डङ्गोलले जानकारी दिइन्।
सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले २० लाख राहतको घोषणा गरेको उनले बताइन्। ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उदेश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौं’ उनले भनिन्।
बुधबार राति आएको बाढीले मेलम्ची बजार डुबानमा पर्नुको साथै ठूलो जनधनको क्षति भएको थियो। यस्तै, टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ को वार्षिक नीति तथा कार्यक्रम भोलि ९बुधबार० नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति : २०७८ असार ८ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्