कोहलपुर ।
सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक होटलमा फसेका २ जनाको उद्धार गरिएको छ । मेलम्ची बजारमा रहेको होटेल रोजमा अलपत्र परेका २ जनालाई नेपाली सेना हेलिकप्टरले उद्धार गरेको हो ।
दुई जना त्यस होटलमा बस्न आएका गेस्ट थिए। मंगलबार राति बजारमा बाढी पसेपछि उनीहरु छतमा गएर उद्धारका लागि गुहार मागिरहेका थिए। बुधबार बिहान काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको थियो ।
प्रकाशित मिति : २०७८ असार २ गते बुधबार









प्रतिक्रिया दिनुहोस्