27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

तीन वर्षभित्र फाष्ट ट्याक निर्माणको काम सकिन्छ: प्रधानसेनापति थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

काठमाडौं, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले फास्ट ट्र्याक निर्माणको काम तीन वर्षमा सकाउने सोच रहेको बताएका छन्।


आइतबार एक कार्यक्रम गरी उनले २०८१ सालमा निर्माण कार्य सकाउने सोच रहेको बताए।

विभिन्न मन्त्रालयबाट पाउनुपर्ने आवश्यक बजेट समयमै प्राप्त भएमा कुनै समस्या बिना नै फास्ट ट्र्याकको निर्माण कार्य सम्पन्न हुने उनले बताए।

फास्ट ट्र्याक २०८१ मै सकिन्छ भन्ने हाम्रो सोच छ। बजेट विनियोजन भयो भने काम सकिन्छ, उनले भने, विभिन्न मन्त्रालयबाट बजेट प्राप्त भयो भने काम सकिन्छ। कोभिडजस्ता अरू समस्या आयो भने केही ढिलो हुनसक्छ।

उनले अहिले सुरूङ निर्माण कार्यको काम अघि बढेको जानकारी दिए। सुरूङ बन्दासम्ममा अरू काम पनि सकिने उनले बताए।

त्यस्तै प्रधानसेनापति थापाले शान्तिकालिन अवस्थामा सेना सीमामा नखटिने बताए। उनले शान्तिकालिन अवस्थामा सीमामा सशस्त्र प्रहरी खटिने प्रष्ट पारेका छन्।

देशको सुरक्षा शक्तिलाई शान्तिकालिन र द्वन्द्वकालिन चुनौती आइरहन्छन्। विप्लव समूह सरकारसँग वार्ता गरेर सम्झौतामा आएकाले मुल धारको राजनीतिमा आउने अपेक्षा छ, उनले भने, शान्तिकालिन अवस्थामा सेना सीमामा तैनाथ हुँदैन। त्यो कार्यका लागि सरकारले सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ।

सीमा क्षेत्रमा हामी सबै निकायसँग समन्वय गरेर काम गर्छौ। तर सेना सिमामा तैनाथ हुँदैन। दुई देश विचमा द्वन्द्व हुदा मात्रै सिमामा सेना बस्छ, उनले थपे।

सीमा सर्वे तथा अनुगमन निर्देशनालयको पनि औपचारिक रुपमा स्थापना भइसकेको जानकारी दिए।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     4:46:06 PM  |