29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

सुर्खेत र दाङमा निषेधाज्ञा थप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

कोहलपुर ।

सुर्खेतमा थप १० दिन निषेधाज्ञा अवधी थपिएको छ । जिल्ला प्रशासनका अनुसार सुर्खेतमा जारी निषेधाज्ञा आदेश २५ गतेसम्म थप गरिएको हो । सुर्खेतमा निषेधाज्ञा जारी गरिएको शुक्रबार एक महिना पूरा भएको थियो । शुक्रबार नै बसेको जिल्ला कोभिड व्यवस्थापन समितीको बैठकले २५ गतेसम्म निषेधाज्ञा आदेश थप गर्ने निर्णय गरेको हो ।

‘संक्रमित नघट्दासम्म निषेधाज्ञा आदेश थप्नु नै उत्तम हुन्छ’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘२५ गतेसम्म निषेधाज्ञा आदेश थप्ने निर्णय भएको छ ।’ हाल सुर्खेतमा झण्डै तीन हजार सक्रिय कोरोना संक्रमित छन् । यस्तै दाङमा समेत थप १० दिन निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितीको बिहीबार बसेको बैठकले जेठ २५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार अब दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म खाद्यान्नका लागि पसल सञ्चालन गरिनेछ । बैंकहरु भने पहिलेकै समय अनुसार सञ्चालन हुने छन् । निर्माण सामाग्री दैनिक बेलुकी ६–९ बजे सम्म ढुवानी गर्न पाईने छ । गिट्टी, बालुवा, ढुङ्गा ढुवानी दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म ओसार पसार तथा उत्खनन् गर्न पाईने बताइएको छ ।

यस्तै दाङका सिमेन्ट उद्योगका गाडीहरुले पनि सञ्चालन गर्न दिईने भएको छ । घोराही सिमेन्ट उद्योगका गाडी बेलुका ५ देखि राती १२ बजे र सोनापुर सिमेन्टको बिहान ९ देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न दिईने भएको हो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     7:09:40 AM  |