28 April 2024  |   सोमवार, बैशाख १७, २०८१

सिसिएमसी खारेज नभएको उपप्रधानमन्त्री पोखरेलको भनाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

काठमाडौं :

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० खारेज नगरिएको स्पष्ट गरेका छन्।

सिंहदबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिसिएमसी खारेज नभई थप सशक्त बनाइएको स्पष्ट पारे। ुसिसिएमसी खारेज भएको होइन। कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सिसिएमसीको नै हो।ु उनले भने, ुसिसिएमसीलाई थप व्यवस्थित मात्र बनाइएको हो। सिसिएमसी छँदैछ

उनले केही सञ्चारमाध्यमले सिसिएमसी खारेज गरेको हल्ला फिजाएको भन्दै त्यस्तो नभएको स्पष्ट पारे। उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा गठन गरिएको निर्देशक समितिले देशभरी कोभिड–१९ व्यवस्थापन कार्यलाई निर्देशन दिने जानकारी दिए।

उनले पार्टीमा अहिले देखिएको अन्तरविरोध साम्य पार्नतिर लाग्नुपर्ने तथा पार्टी र आन्दोलनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० एकता गर्दा ताका भएका भ्रुणहरु विकसित भएर अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ। रासस

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:28:19 PM  |