29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

भारतमा घट्दै कोरोनाको संक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

दिल्ली :
दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ९५ हजार ८१५ जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा झण्डै २७ हजारले कम हो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६९ लाख ४७ हजार ४९६ पुगेको छ ।


यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९८ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ७ हजार २४९ पुगेको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     6:41:42 PM  |