8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

काठमाडौैं ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्दैछन् ।

मंगलबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बेठक बोलाइएको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाका अनुसार पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको हो ।

गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेता एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध जनाएका थिए ।

१४६ सांसदले संसद विघटनको विरोध गर्दै सोमबार सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     12:25:07 PM  |