8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोभिड खाद्य बैंकलाई सहयोग जुट्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

कोहलपुर ।

कोहलपुरमा रहेको कोभिड खाद्य बैंकलाई सहयोग जुट्दै गएको छ । कोभिड भाईरसका कारण जारी निधेषज्ञामा अति विपन्न परिवारमा खाद्यन्न समस्या भएपछि स्थापना भएको कोभिड खाद्य बैंकमा सोमबार एक लाख बढि रकम संकलन भएको छ ।

कोभिड खाद्य बैंकमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले स्वर्गिय अर्जुन वहादुर अधिकारीको १३ औं दिनको पुण्यतिथिको अवसरमा २२हजार वरावरको खाद्यन्न सहयोग गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नं. १०का वडा अध्यक्ष निम वहादुर चलाउनेले रु २५ हजारको चेक हस्तान्त्रण गरेका छन् । कोहलपुर वडा नंं ११ नेपालि काँग्रेसका वडा सभापति तथा समाजसेवी मोहन प्रसाद चापागाईले २५ हजार ५सय ५५ रुपैया सहयोग गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नं. ५ निवासी सफल यातायात व्यवासयी गोकर्ण वलीले रु.१५हजार कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए । यस्तै कोहलपुर नगरपालिका वडा नं. ३ निवासी सिद्धि टेडस्का प्रोप्राईटर केसव खनालले रु.१०हजार कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए ।

कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका महासचिव मात्रिका सापकोटाले रु ६ हजार कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए ।
कोहलपुर नगरपालिका वडा नं. ४ निवासी सफल युवा व्यवसायी देवानन्द अर्यालले रु.५हजार ५सय कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए ।

त्यसैगरी कोहलपुर ११का सफल व्यवसायी काठमाण्डौ सेलका प्रोप्राईटर जगदिश अग्रवालले रु ५हजारको खाद्यन्न कोभिड खाद्य बैंकमा जम्मा गरेका थिए ।

सवै सहयोगिहरु संग सहयोग गह्रण गर्दै कोभिड खाद्य बैंकका संयोजक प्रदिप भट्टराईले सहयोगि हातहरुलाई ह्रदय देखि धन्यवाद दिएका थिए । उनले कोहलपुर खाद्य बैंक स्थापना भएकाले महामारीको समयमा घरमा चुलो बाल्न नसकेकाहरुका लागी सहयोग गर्न ईच्छुक ब्यक्ति ,सामाजिक संघ –संस्था ,व्यापारी उद्योगी ,राष्ट्र सेवक कर्मचारी ,नागरीक समाज र जनप्रतिनिधिहरुलाई सहयोगको लागी सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     7:11:43 AM  |