25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोरोनाका कारण एमाले पूर्वसांसद नरेन्द्र बस्नेतको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८  

काठमाडौं ।

नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणका कारण सोमबार बिहान निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोामबार बिहान ४ बजे उनको निधन भएको हो ।

मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल लगिएको थियो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उनलाई निमोनिया बढेपछि अस्पताल लगिएको खोर्सानेका स्थानीय व्यवसायी गोपाल याक्खाले जानकारी दिए ।

पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए । खोर्सानेमा उनी विभिन्न सहकारी लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाज सेवामा सक्रिय थिए ।

उनी भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्वसांसद हुन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८     9:46:16 AM  |