29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

रातभरीमा बाँकेका अस्पतालमा थप चार संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८  

कोहलपुर ।

बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा तीनजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप चारजना संक्रमित बिरामीको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका- १० का ६२ वर्षीय महिला, तुलसीपुर उपमहानगरपालिका- १३ दाङका ५० वर्षीय पुरुष, मधुवन नगरपालिका- ७ बर्दियाका ६५ वर्षीय पुरुष र खजुरा गाउँपालिका- २ बाँकेका ८५ वर्षीय पुरुष रहेका छन् ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि बाहिर जिल्लाबाट आएका १९८ जना र जिल्लाकै २४२ जनाको मृत्यु भएको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८     9:14:27 AM  |