27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

ट्रक र मोटरसाइकल ठोक्किदा दुईको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८  

कोहलपुर ।

बाँकेमा सवारी दुर्घटनामा परेर दुई युवाको मृत्यु भएको छ । आइतबार पुर्व पश्चिम राजमार्ग अन्तरगत राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार ढकेरीको झिझिरी खोला नजिकै पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ६ ख ४९०९ नम्बरको ट्रकमा सोही दिशाबाट आइरहेको से ३ प ३२४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा परेर मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका, ८ नयाँगाउँका १९ वर्षिय कृष्ण प्रसाद थारु र सोही ठाउँका २८ वर्षिय किरण चौधरी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

गम्भीर घाइते दुवैलाई स्थानीय प्रहरीले उद्दार गरेर नेपालगञ्जस्थित भेरी अस्पताल पु¥याएको थियो ।

दुवैको उपचारकै क्रममा भेरीमा नै मृत्यु भएको हो । मृतक किरण ट्याङ्कर चालक हुन भने कृष्ण सह–चालक रहेको बताइएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३, २०७८     1:32:48 PM  |