29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

सरसफाई सामग्री हस्तान्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८  

कोहलपुर ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले भेरी अस्पताल र विद्यालयलाई सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।

रेडक्रसका अधिकृत प्रहलाद विश्वकर्माका अनुसार, नेपाल रेडक्रस सोसाइटी, जि.आइ.जेड नेपालको साझेदारीमा र नेपालगञ्ज उप–महानगरपालिकाको समन्वयमा सञ्चालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमद्वारा सामग्री दिएको हो ।

भेरी अस्पताल नेपालगञ्जलाई सेन्सर सेनिटाइजर मेसिन ३ सेट र सेनिटाइजर ५० थान भेरी अस्पतालका मेडिकल सुपरिटेन्ट डा.प्रकाश थापालाई नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले हस्तान्तरण गरेका थिए ।

यसैगरी सरस्वती प्राथमिक विद्यालय बाँकेगाउँ र धम्बोझी मा.वि. नेपालगञ्जलाई सेन्सर सेनिटाइजर मेसिन, सेनिटाइजर, कोलिन, साबुन, डस्वीन, कुचो लगायत १२ किसिमको सरसफाई सामग्री हस्तान्तरण गरिएको थियो ।

यसैगरी मंगल प्रसाद मा.वि., सरस्वती मा.वि. र बागेश्वरी आधारभूत विद्यालयलाई सोही किसिमको सरसफाई सामग्री हस्तान्तरण गरिने बताइएको छ ।

विद्यालयको नियमित प्रयोगका लागि आवश्यक सरसफाई सामग्री उपलब्ध गराउने नेपाल रेडक्रसलाई धन्यवाद व्यक्त गर्दै विद्यालय खुल्नसाथ उक्त सामग्री प्रयोगमा ल्याउने प्र.अ.हरुले बताएका थिए ।

हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यक्रम व्यवस्थापक दोलखबहादुर डाँगी, नेपालगञ्ज उप–महानगरपालिका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८     9:29:47 AM  |