8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बाँकेका अस्पतालमा ११ जना कोरोना संक्रमितको मृत्यु…….

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १७, २०७८  

बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनु भएको हो।
उहाको भनाइ अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १७, २०७८     9:19:32 AM  |