18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

दाङमा ९ दिन लकडाउन गर्ने घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

शिवु खनाल
देउखुरी, १४ बैशाख

दाङमा नाैदिन लकडाउनको घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा नाैदिन लकडाउन गर्ने निर्णय पारित गरेको हो ।

बैठकले यहि बैशाख १७ गते विहान छ बजेदेखी २५ गते बेलुकी छ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो । खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ ।

यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डि अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निर्णय भएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     3:53:34 PM  |