25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८  

कोहलपुर : कोरोना संक्रमित कैलालीका एक वृद्धको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको छ ।

जिल्लाको टिकापुर नगरपालिका १ ज्योतिनगर बस्ने वर्ष ७० का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गराउन पुगेका उनीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचार्थ भर्ना भएका वृद्धको मेडिकल कजेलमा मृत्यु भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८     3:27:35 PM  |