9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बाँकेमा एकैदिन करिब ३ सय संक्रमित थपिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८  

कोहलपुर  :
बाँकेमा बुधबार २ सय ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जिल्लामा कुल ३ सय ५३ जनामा गरिएको पीसीआर जाँचमा १ सय ६६ पुरुष र १ सय २३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मध्ये २ सय १९ जना बाँके जिल्लाका नयाँ संक्रमित रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।


ती मध्ये १ सय २७ पुरुष र ९२ जना महिला रहेका छन् ।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेमा कोरोना संक्रमण निकै डर लाग्दो रुपमा फैलिरहेको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ५ हजार ८ सय ९६ पुगेको छ ।

यसमध्ये ३ हजार ६ सय ८९ पुरुष र २ हजार २ सय ७ जना महिला संक्रमित भएका छन् ।यहाँका प्रयोगशालामा अझै ३ सय ५३ वटा स्वाब जाँच प्रक्रियामा रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८     11:24:08 AM  |