16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

कार्यालय सचिव विहीन संघ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८  

शिवु खनाल । दाङ ।

दाङको देउखुरी उद्योग बाणिज्य संघ लमही कर्मचारी विहीन भएको छ ।

संघबाट गत चैत ३० गतेदेखि कार्यालय सचिव भेषराज भट्टराईलाई राजिनामा दिएका थिए । संघमा कार्यालय सचिव नहँुदा गत ३० गतेदेखि कार्यालय कर्मचारी विहीन भएको हो । सचिव नहुँदा कार्यालयको लेखाको सम्पूर्ण कामकाज, चिठी पत्र, सिफारिस लगायत अन्य काम ठप्प भएको छ ।

जसले गर्दा सेवाग्राही मर्कामा परेका हुन् । व्यापारीहरूको छातासंगठन भनेको बाणिज्य संघ हो । तर, संघमै कर्मचारी नहुदा दिनहुँ सेवाग्राही फर्केर जानु परेको व्यापारीहरूले गुनासो पोखेका छन् ।

यता देउखुरी उद्योग बाणिज्य संघ लमहीमा एम्बुलेन्स चालक नहुँदा संघको एम्बुलेन्स थन्किएको छ । चालक अबिक रोका मगरले गत चैत ३० गतेदेखि संघको एम्बुलेन्स आउँदा दिनहरूबाट नचलाउने भनी छाडेका थिए । चालकले छाडेदेखि बैशाख २ गतेबाट संघको एम्बुलेन्स त्यतिकै कार्यालयमा थन्किएको छ ।

यता देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले कार्यालय सचिवले राजिनामा दिए लगत्तै कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशित गरिएको जानकारी दिदै, हाल कार्यालय सचिवले गर्ने कामकाज कार्यालय सहयोगी खुमबहादुर रावतले गर्दै आएको जानकारी दिए ।

उनले सबै प्रक्रिया पु¥याएर केहिदिन मै कार्यालय सचिव राख्ने बताए । अहिले कार्यालयमा कार्यालय सहयोगी रावतलाई बढुवा गरी सहायक व्यवस्थापक रूपमा राखिएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८     9:16:02 AM  |