सशस्त्र प्रहरीले भन्सारी चोरी पैठारी गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न सामानहरु बरामद गरेको छ । बर्दियाका सीमा क्षेत्रमा रहेका सशस्त्रका विओपिबाट खटिएका सशस्त्र प्रहरीले अवैध सामानहरु बरामद गरेका हुन् ।
विओपिबाट खटिएका टोलीले अवैध चोरी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ ।
३५ हजार ९०० मुल्य बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रको गस्ती टोलीले सुर्तिजन्य पदार्थ, चिनी, आलु, डिजल र सालको काठ बरामद गरेको थियो । सशस्त्रको टोलीलाई देख्नेवित्तिकै तस्करहरु सामान छोडेर भारततर्फ नै भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतसँग सीमा जोडिएको बर्दियामा विओपिहरुको संख्या बढाइएसँगै सीमा अपराधका साथै चोरी पैठारी नियन्त्रणको लागि सशस्त्रको टोली २४ घण्टा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ ।