1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

अवधी भाषी पत्रकारहरुलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८  

नेपालगन्ज 

नेपाल पत्रकार महासंघको चैत २५ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित अवधी भाषी पत्रकारहरुलाई सम्मान गरिएको छ । अवधी पत्रकार संघ नेपालको जिल्ला कार्यसमिति बाँकेको आयोजनामा स्वागत सम्मान तथा नव वर्षको शुभकामना आदानप्रदानको कार्यक्रम भब्य रुपले सम्पन्न भएको हो ।

सम्मान तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम नेपालगन्ज–४ श्री शिवपार्वती मन्दिर प्राङ्गण तथा अवधी पत्रकार संघ भवन निर्माण स्थलमा शनिवार सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य मो.आरिफ अन्सारी, प्रदेश परिषदका मेराज सल्मानी, सदस्यतर्फ भीष्म लोध, जावेद अन्सारी, जावेद हलुवाईलाई सम्मान गरिएको थियो भने प्रदेश परिषदका मुस्ताक अहमद जसगढ, सदस्य दिनेश ठाकुर अस्वस्थ भएको कारण कार्यक्रममा अनुपस्थित रहेका थिए ।

स्वागत तथा सम्मान कार्यक्रममा पत्रकार महासंघका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी लियाकत अलि सिद्दिकी, प्रेस मञ्चका उपाध्यक्ष आषिश गुप्ता, अग्रज अवधी भाषी पत्रकार अजयकुमार गुप्ता, छिमेकी मित्र राष्ट्र भारतका बहराइच जिल्लाको पत्रीका न्युज डेलीका सम्पादक दिवाकर सिह, न्युज ट्वान्टी सेवनका पत्रकार तथा जी न्युजका पत्रकारलगायत अन्य भारतीय पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा श्री शिव पार्वती मन्दिर संरक्षक जग्गादाता माधवराम वर्मालाई प्रेस स्वतन्त्रता सेनानी, भारतीय पत्रकार, प्रदेश सदस्य मो.आरिफ अन्सार, जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलगायत संयुक्त रुपमा सम्मान गरेका थिए ।

जिल्ला शाखा उपाध्यक्ष नन्दलाल साहुको स्वागत मन्तब्यद्वारा शुरु गरिएको कार्यक्रम सञ्चालन अवधी पत्रकार संघ नेपालकी केन्द्रिय कोषाध्यक्ष सन्ध्या शर्माले गरेकी थिइन् भने जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिँदै अवधी भाषी निर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै नव वर्ष २०७८ को शुभकामना सहित कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८     11:45:56 AM  |