कोहलपुर ।
आयशर ट्रेक्टरको शोरुम बाँकेको नेपालगञ्जमा सञ्चानलमा आएको छ । सोमबारदेखि नेपालगञ्ज उप–महानगरपालिका– २० राँझा चोक नजिकै आयशर ट्रेक्टरको आधिकारिक बिक्रेता रय्यान इन्टरनेशनल तथा अटोमोटिभ्सले शोरुम सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमका बीच शोरुमको सोमबार नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरिञ्जीवी ओलीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले पुरानो शहर नेपालगञ्जमा विभिन्न कम्पनीहरुमा शोरुमहरु खोल्नु खुशीको कुरा भएको बताए ।
यसले यहाँको आर्थिक क्षेत्रलाई चलायमान गराउने उनले दाबी गरे । यहाँ नयाँ आउने व्यवसायीलाई कुनै समस्या परे संघ सहजीकरण गर्न प्रतिबद्ध रहेको महासचिव ओलीले प्रतिबद्धता जनाए । ट्रेक्टरको आधिकारिक बिक्रेता रय्यान इन्टरनेशनल तथा अटोमोटिभ्सका प्रबन्ध निर्देशक मोहमद अफताव आलमले लुम्बिनी र कर्णाली प्रदेशको लागि आफुहरु आधिकारिक बिक्रेता रहेको जानकारी दिए । शोरुममा अहिले अहिले १८ हर्सपावरदेखि ७५ हर्सपावरसम्मका आयशर ट्रेक्टरहरु बिक्रि वितरण भइरहेको उनले बताए ।
‘अहिले आयशरको ५५१ को नयाँ मोडल ट्रेक्टर हामीले बजारमा ल्याएका छौं’ प्रबन्ध निर्देशक आलमले भने, ‘हामीसँग रहेका ट्रेक्टरका मुल्य मुल्य ७ लाखदेखि २७ लाख ५० हजारसम्मका रहेको छ ।’ कुल मुल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गरेमा बिना धितो ग्राहकलाई ट्रेक्टर उपलब्ध गराईने रय्यान इन्टरनेशनल एण्ड अटोमोटिभ्सका सञ्चालक गुलाम रसुल अन्सारीले जानकारी दिए ।
३० प्रतिशत रकम डाउन पेमेन्ट गरेर धितो राखेर ट्रेक्टर लिने सुविधा समेत रहेको उनले बताए । सोमबार उद्घाटनको दिनमै तीन वटा ट्रेक्टरहरु बिक्री भएको रय्यान इन्टरनेशनल एण्ड अटोमोटिभ्सले जनाएको छ । अत्याधुनिक सर्भिस सेन्टरबाट ट्रेक्टरहरुको मर्मत सभ्भार समेत गरिनेव्यवस्था रहेको छ । आयशर ट्रेक्टरको आधिकारीक बिक्रेता नेपालभर ८ वटा रहेका छन् । यसअघि कैलालीको धनगढी, टिकापुर, लम्की, बर्दिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगरमा शोरुम रहेका थिए । पछिल्लोपटक सोमबारबाट नेपालगञ्जमा शोरुम सञ्चालनमा आएको थियो ।









प्रतिक्रिया दिनुहोस्