19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

ओली समाज बाँकेको संयोजकमा यज्ञ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७  

कोहलपुर ।

बाँकेको कोहलपुरमा ओली वशं समन्वय समाज नेपालको भेला सम्पन्न भएको छ । ओली वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलीको प्रमुख आथित्यमा सम्पन्न समाजको भेलाले यज्ञ बहादुर ओलीको संयोजकत्वमा बाँकेमा जिल्ला समिति बिस्तार गरेको छ ।

जिल्लाको कमिटिमा सह–संयोजनमा नारायणी ओली, सचिवमा खोपिराम ओली, सहसचिवमा मित्रलाल ओली र कोषाध्यक्षमा गग बहादुर ओली चयन भएका छन् । त्यस्तै ओली वशं समन्वय समाज नेपाल बाँकेको सदस्यहरूमा भुपेन्द्र ओली, दिप बहादुर ओली, मोहन ओली, दिलिप ओली, रोशन ओली, जित बहादुर ओली, गंगा बहादुर ओली, त्रीपुरा ओली, बृष ओली, राम बहादुर ओली, हरि बहादुर ओली, राजेश ओली र बाशुदेव ओली चयन भएका थिए ।

भेलाले ओली वशं समन्वय समाज नेपालको केन्द्रिय सदस्यमा बाँकेका समाजसेवी तथा ब्यवसायी नरेन्द्र ओलीलाई चयन गरेको छ भने केन्द्रिय सदस्य मान बहादुर ओलीलाई लुम्बिनी प्रदेश सदस्यको समेत जिम्मा दिएको थियो । ओली वशंको उत्पत्ति, बिकास र अहिलेको अवस्थामा त्यो बारेको जानकारी सबैलाई हुन जरुरी रहेको र ओली बन्धुहरुको एकता हुन जरुरी भएकोले भेलाको आयोजना गरिएको ओली वशं समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरि ओलीले बताए ।

कार्यक्रममा भेलाको समाजका संरक्षक अम्मर बहादुर ओली, समाजका केन्द्रिय संयोजक कमर ओली, जागेश्वर ओली, केन्द्रिय महासचिव नेत्रलाल ओली, प्रदेश संयोजक गंगा राम ओली, सुदुर पश्चिम प्रदेश संयोजक गणेश ओली, समाजको लुम्बिनी प्रदेशका अध्यक्ष मिनराज ओली, केन्द्रिय सदस्य गोपाल ओली, धन सिह ओली र बाबाराम ओलीको लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ३१, २०७७     9:08:38 AM  |