18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

जनता माविको अनेरास्ववियूको अध्यक्षमा पौडेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २४, २०७७  

मधुर पौडेल ।

बर्दिैयाको बाँसगढी नगरपालिका वडा नं. ४ मा रहेको जनता माध्यमिक विद्यालयमा नयाँ कमिटि गठन गरिएको छ । मंगलबार औपचारीक कार्यक्रम गरी झविलाल पौडेलको अध्यक्षतामा ३५ सदस्यीय इकाई कमिटि गठन गरिएको छ ।

जसको उपाध्यक्षमा प्रविना सापकोटा, विनिता ओली, सपना थापा र पदम विक, सचिवमा नारायण बुढा मगर, सहसचिवमा विनोद केसी, टिका खत्री र पुष्पा हमाल र कोषाध्यक्षमा अस्मिता भुषालको नयाँ कार्यसमिति चयन भएको छ । यस्तै अन्य सदस्यहरु रहेका छन् ।

सो कार्यक्रमको प्रमुख अतिथिमा अनेरास्वीयू केन्द्रिय सदस्य केशव टमटा र कृष्ण आचार्य रहेका थिए । यस्तै अनेरास्ववियू जिल्ला कमिटि सचिवालय सदस्य विमल सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २४, २०७७     9:32:10 PM  |