4 December 2021  |   आइतवार, मंसिर १९, २०७८

कुमारी बैंकको सरसफाई कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २२, २०७७  

कोहलपुर 

बाँकेको कोहलपुरस्थित कुमारी बैंक शाखा कार्यालय कोहलपुरले मन्दिरमा सरसफाई गरेको छ । बैंकको २० औ स्थापना दिवसको अवसरमा कोहलपुरस्थित सिद्धेश्वर मन्दिरमा सरसफाई गरिएको हो । बैंक २०५७ चैत्र २१ ग्ते स्थापनाा भएको थियो । बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग, सरसफाई लगायतका कार्यक्रम गर्दै आएको छ ।

यो वर्ष मन्दिरमा सरसफाई गर्नुका साथै सहयोग समेत गरिएको कुमारी बैंकको कोहmपुर शाखा प्रबन्धक श्रीधर चालिसेले जानकारी दिए । उनका अनुसार सिद्धेश्वर महादेव मन्दिरमा ४ वटा डष्टविन वितरण, सरसफाई तथा १० वृक्षरोपण तथा १० वटा गमला वितरण गरिएको हो ।उनले वार्षिक कार्यक्रम अनुसार नै सरसफाई तथा सहयोग वितरण कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । उक्त सरसफाई कार्यक्रममा बैंकका कर्मचारी हरुको समेत उपस्थिति रहेको थियो ।

कुमारी बैंकका अहिले १ सय ९३ वटा शाखा रहेका छन् । १३ वटा काउन्टर, यस्तै रिमेट समेत सञ्चालनमा रहेको उनले जानकारी दिए ।बाँकेमा समेत कोहलपुर सहित शमशेरगन्ज, चिसापानी, खजुरा, नेपालगन्ज दुई स्थानमा शाखा कार्यालय रहेको उनले बताए ।‘हामीले प्रत्येक वर्ष यस्तै कार्यक्रम गर्दै आएका छौ । यसपटक हामीले मन्दिरमा सरसफाई गर्नुका साथै सहयोग गरेका हौ । आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहनेछौ ।’ शाखा प्रबन्धक चालिसेले भने ।

प्रकाशित मितिः आइतवार, चैत्र २२, २०७७     9:17:25 AM  |