18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

मिक्चरमा बेरिएर मजदुरको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७  

जोमसोम :

राष्ट्रिय गौरवको बेनी-जोमसोम -कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बेनी -जोमसोम सडकखण्ड ।

करिडोरअन्र्तगत सप्तकोशी जलाधार कन्ट्रक्सनले ठेक्का लिएको घरपझोङ गापा -२ र ३ को मार्फा र स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गापा-४ बस्ने २० वर्षीय लालबहादुर रोक्का (सुन्दर रोक्का) को मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीसहितको घटना स्थलमा पुगेर विवरण संकलन गरी पोस्ट मार्टमका लागि जिल्ला अस्पताल जोमसोममा लगिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ  ।@Annapurna

प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७     1:38:51 PM  |