20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

माछा मार्ने बम विस्फोट हुँदा पाल्पामा एकको मृत्यु, अर्का घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७  

 

माछा मार्ने बम विस्फोट हुँदा बाग्लुङमा एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका-२ बस्ने ३१ वर्षीय मित्र राना छन्। बिहीबार दिउँसो माछा मार्ने बम बनाइरहेका रानाको सोही बम विस्फोट हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्फोटबाट गम्भीर घाइते भएका रानालाई पाल्पा प्रभास अस्पताल हुँदै मिसन अस्पताल पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

विष्फोटमा घाइते भएका सोही गाउँपालिका-२ मा डेरा गरी बस्ने गुल्मी मुसिकोट नगरपालिका-१ घर भएका २८ वर्षीय अरुणकुमार पुनको पाल्पा प्रभास अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः शुक्रबार, चैत्र २०, २०७७     1:23:38 PM  |