9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

पर्यटन प्रवद्र्धन गर्न कार्यशाला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७  

कोहलपुर ।

बाँके राष्ट्रिय निकुञ्जले पर्यापयटन प्रबद्र्धनका लागि कार्यशाला गोष्ठीको आयोजना गरेको छ । बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकहरुको गन्तव्यको रुपमा विकास गर्नका लागि तीन जिल्लाका प्रतिनिधिसभा सदस्य, नगरपालिका, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र उपभोक्ता समितिहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको हो । कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य महेश्वर गहतराज ‘अथक’ले पर्यापर्यटन प्रवद्र्धन गर्नका लागि चप्परगौडीदेखि घुयाबारी हुँदै दाङ र सल्यान जोडने सडक विस्तार गर्नुपर्नेमा जोड दिए ।

निकुञ्जको नीति नियमले गर्दा सो सडक विस्तार गर्न समस्या देखिएको उनको भनाइ छ । रणनीतिक योजनाका रुपमा रहकेको उक्त परियोजनाका लागि निकुञ्जको नीति,नियम संशोधन गर्नुपर्ने उनको भनाइ थियो । सो नीति नियमलाई संशोधन गर्नका लागि दाङका जिल्लाका प्रतिनिधि सभा सदस्य हिरा केसी, सल्यानका टेक बहादुर बस्नेत लगायतको टिम संयुक्त रुपमा लागेको बताए । उनका अनुसार दाङ, सल्यान र बाँकेमा सडक निर्माणको काम सुरु गर्ने भनियतापनि अझै सुरु हुन सकेको छैन ।

‘यो बाटोमा मानिसको आवतजावतको सवाल मात्रै छैन । आर्थिक र पर्यटकहरुको गन्तव्यको रुपमा विकास मुख्य बाटो हो । यसको सुरुवात अब बाँकेबाट हुन्छ । काम अगाडि बढाउनुपर्छ ।’ उनले भने । यस्तै दाङको बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेलले निकुञ्जको वरीपरी बसिरहेका मानिसले समस्या भोगिरहेको बताए ।वन्यजन्तुहरुले बालीनालीहरु मासिदिने समस्या समाधानको लागि उनले आग्रह समेत गरेका छन् । उनीहरुले अहिले पनि राहत र लालपूर्जा ‘उनीहरु वि.स.२०२२ सालदेखि सो क्षेत्रमा बस्दै आएका छन् । प्रत्येक वर्ष उनीहरुको बालिनालीहरु नष्ट गरिदिएको हुन्छ’ उनले भने, ‘त्यसको निकुञ्जलाई मतबल हुँदैन । अब के आयोग बन्याे के कानून छ मलाई मतलब छैन तर सुकुम्बासी र अव्यस्थित बसोबास गरिरहेका मानिसहरुलाई जग्गा प्राप्तीका लागि सिफारिस गर्ने बताए ।

यस्तै उनका अनुसार पर्यटनको विकास गर्नका लागि पहिलो काम निकुञ्ज क्षेत्र वरिपरीका बासिन्दाहरुलाई स्थायी रुपमा विकास र रोजगारीको दिनसकेपछि पनि पर्यटकहरुको गन्तव्य हुने प्रतिबद्धता व्यक्त गरे । यस्तै उनका अनुसार पुरुन्धारा झरनाको विकासको लागि ५ करोड बजेट छुट्याएको बताए । ‘सो क्षेत्र बफर जोनसँग जोडिएको छ, निकुञ्जको कानूनले गर्दा काम गर्न ग्राहो छ र सो कानूनलाई संसोधन नभएर सम्म काम अगाडि बढाउन सकिदैन’ उनले भने ।

यस्तै बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्याम कुमार शाहले विधिको शासन कार्यन्वयन गर्नैैपर्ने बताए । नीति, नियम र परिधीभित्र रहेर दिगो रुपमा विकास गर्न एकजुट हुनुपर्ने उनले बताए । ‘दिगो विकास गर्नका लागि विधिको शासन पूर्ण रुपमा लागु हुन जरुरी छ,’ उनले भने,‘निकुञ्जको क्षेत्र प्रदेश र स्थानीय तहको मताहतमा रहेको छ । प्रदेश र स्थानीय तहसंग सहजिकरण मात्र गर्ने हो ।’ विधिको शासनको अक्षरसंश कायम गरी दिगो विकास गर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः बुधबार, चैत्र ११, २०७७     4:55:21 PM  |