7 September 2024  |   शनिबार, भदौ २२, २०८१

मेची–महाकाली ह्वीलचियर यात्रा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ८, २०७७  

कोहलपुर ।

काभ्रेका राम तामाङ्ग अपांगता भएका व्यक्ति हुन् । उनी अहिले मेची–महाकाली यात्रामा छन् ।उक्त यात्राको क्रममा उनी कोहलपुर आइपुगेका छन् । पूर्वको काकरभिट्टाबाट ह्वीलचियर यात्रा सुरु गरेका ३५ वर्षीय उनले पश्चिमको बेलबारीमा गएर टुंगाउनेछन् । उनले यात्रा सुरु गरेको २१ दिन पुगेको छ ।

शिरमा रातो टोपी । खैरो रङ्गको सट र निलो रङ्गको पाइन्ट । ह्वलचियर चलाउँदा चलाउँदा रातो भएको हात । अनुहारमा निकै बलियो साहास देखिन्छ । शिरको पछाडि नेपालको झण्डा । खुट्टामा गोल्ड स्टार जुत्ता । साथमा पानी । उनको अनुहारमा ठूलो युद्ध लड्न जान लागेको जस्तो देखिन्थ्यो ।

उनले आफ्नो २१ दिनको अनुभव सुनाउँदै भने, उर्लावारी देखि बेलवारी सम्मको जंगलमा निकै ग्राहो भयो । तै पनि एउटा उच्च मनोबलका साथ पार गरे । चनौठाबाट भालुवाङको बीचमा उकालो उरालोमा पनि निकै कष्टकर यात्रा गरे ।अब कोहलपुरसम्म पनि पुगिदैन की भन्ने डर तर म सफल भए ।’

अब महाकाली सम्म पुग्छु भन्ने पूर्ण विश्वास लागेको छ ।एउटा अपांगता भएका व्यक्तिले सपांग बराबर काम गर्न सक्छ भन्ने उदाहरण दिन खोजेको उनले बताए । यो यात्राबाट नेपालमा रहेका हरेक अपांगता भएर बसेका हजारौं व्यक्तिहरुको शरिरबाट उर्जा पैदा गर्ने तामाङ्गले आफ्नो अनुभव सुनाए ।

उनलाई कोहलपुरमा रहेको अपांगता नवजीवन केन्द्रले अनौपचारिक कार्यक्रम गरी स्वागत ग¥यो । उनको व्यवस्थापन कोहलपुर उद्योग वाणिज्य संघले व्यवस्थापन गरेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले अपांगता भएका व्यक्तिहरुलाई नेपालमा विभिन्न क्षेत्रमा काम गर्ने निकै कष्टकर जीवन बिताइरहेको बताए ।

‘राज्य तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सेवा, सुविधा,अवसर प्रदानमा कमि देखिन्छ, ‘अपांगता अधिकारका लागि पैरवीमा सहयोग पु¥याउने छु ।’ उनले भने । यस्तै स्वागत कार्यक्रममा नवजीवन अपांग केन्द्र कोहलपुरका पूर्व अध्यक्ष दयाराम अधिकारी, सदस्य प्रेमा रिजाल, तेज बहादुर राना लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः आइतवार, चैत्र ८, २०७७     10:38:31 AM  |