12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

शहिद स्मृति केन्द्र नेपालको छैठौं साधारण सभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ८, २०७७  

काेहलपुर ।

वि. स. २०६९ सालमा स्थापित शहिद स्मृति केन्द्र नेपाल को छैठौं साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको संघीय सांसद महेश्वर गहतराज ‘अथक’ ले जनयुद्धसँगै ज्ञात अज्ञात सवै अमर शहिदहरुको सपनासँग जोडिएको यो स्मृति केन्द्र मार्फत शहिद स्तम्भ, वनस्पति उद्यान, प्राज्ञिक ज्ञान केन्द्र, संस्कृति संरक्षण,शहिद परिवारलाई रोजगार तालिम आदि कार्यक्रमका लागि आफूले पहल गर्ने बताएका छन् ।

ओम प्रकाश सापकोटा केसी ‘प्रयत्न’ को अध्यक्षतामा भएको साधारण सभामा युवा समाजसेवी नरेन्द्र न्योपाने, पत्रकार प्रदिप वाग्ले लगायतले शुभकामना मन्तव्य दिएका थिए।

साधारण सभाले ओम प्रकाश सापकोटा केसीको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा कुवेर रिजाल, सचिवमा सिंह कार्की , सह-सचिवमा टिकाराम शर्मा , कोषाध्यक्षमा खेनकला पाठक लगायत रहेका छन् ।

बद्री ढकालले संचालन गरेको उक्त सभाले प्राज्ञिक एवं पुस्तकालय विभाग, सास्कृतिक एवं खेलकूद विभाग र सहकारी एवं भवन व्यवस्थापन विभाग गठन गरेको छ । कान्तुराम रेग्मीले स्वागत गरेको उक्त कार्यक्रममा अध्यक्ष द्वारा आर्थिक तथा राजनीतिक प्रतिवेदन पेश गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, चैत्र ८, २०७७     10:34:20 AM  |