कोहलपुर ।
कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा विजयी भएपछि लोकतान्त्रिक समावेशी व्यवसायी समूहले विजयी जुलुस
निकालेको छ ।
आइतबार राती घोषणा भएको अन्तिम मत परिणाम अनुसार एक पदाधिकारी र दुई सदस्य पद बाहेक अन्य पदमा लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका थिए । सोहीको खुसीयालीमा लोकतान्त्रिक समूहले कोहलपुर बजारमा सोमवार विजयी जुलुस निकालेको थियो ।
विद्युत् रोड नजिकै रहेको नेपाली काँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको विजयी जुलुस कोहलपुर क्षेत्र, मदनचोक, दशविगाह, चप्परगौडी लगायतका स्थानमा पुगेको हो । विजयी उम्मेदवारहरुले व्यवसायीसँग विजयी भएको खुसीयाली साटेका थिए । उम्मेदवारहरुले आफुहरुलाई मतदान गरेर विजयी गराएको भन्दै व्यवसायीहरुलाई धन्यवाद दिएका थिए । विजयी जुलुसमा विजयी भएकाहरु, नेपाली काँग्रेसका नेता कार्यकर्ता, व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।
संघको अध्यक्षमा लोकतान्त्रिक समूहका लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्षमा प्रदिप भट्टराई, उद्योग उपाध्यक्षमा चण्डी प्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा संगिता सुवेदी, महासचिवमा पदमा मात्रिका सापकोटा, उप–महासचिवमा दिपक बहादुर भण्डारी र कोषाध्यक्षमा सीता कार्की विजयी भएका हुन् ।
सदस्यमा लोकतान्त्रिक समूहबाट पवित्रा ढकाल, शर्मिला मल्ल, राकेश विष्ट, भुमिराज कँडेल, तेज बहादुर अधिकारी, हुम बहादुर रावत, यज्ञ प्रसाद सुवेदी, दिपक वली, यादव राज बस्याल, नविन कुमार शाही, कल्याण केसी र एशोसिएट सदस्यमा दिपनारायण श्रेष्ठ विजयी भए ।
साझा समावेशीबाट भने सह–कोषाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, सदस्यमा अर्जुन प्रसाद सुवेदी र बस्तुगत सदस्यमा टंक बस्याल मात्र विजयी भएका थिए ।