24 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिदैँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७  

कोहलपुर ।

बाँकेको बैजानाथ गाउँपालिकास्थित ‘नौवस्ता औद्योगिक क्षेत्र’ को आज शिलान्यास हुँदैछ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले आज दिउँसो एक कार्यक्रमका बीच ‘नौवस्ता औद्योगिक क्षेत्र’को शिलान्यास गर्दैछन् । नौवस्ता सहित नेपाल सरकारले चार प्रदेशमा रहेका ५ वटा औद्योगिक क्षेत्रको उद्घाटन गर्दैछ । सोही कार्यक्रम अन्तर्गत मन्त्री भट्टद्धारा लुम्बिनी प्रदेश कै गौरवको आयोजनाको रुपमा रहेको ‘नौवस्ता औद्योगिक क्षेत्र’को शिलान्यास हुन लागेको हो ।

सोही अन्तर्गत सोमबार प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी–छेला औद्योगिक क्षेत्र’को शिलान्यास गरेका थिए । यस्तै ओलीले आगामी फागुन १६ गते प्रदेश १ को झापाको दमक नगरपालिका ,कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रलाई समेटिएको ‘चीन–नेपाल औद्योगिक पार्कको शिलान्यास कार्यक्रम छ । मन्त्री भट्टले भने फागुन १४ वागमती प्रदेशको मकवानपुरस्थित ‘मयुरधाप औद्योगिक क्षेत्र’ को शिलान्यास गर्दैछन् ।

त्यस्तै फागुन १३ गते अर्थमन्त्री पौडेलले लुम्बिनी प्रदेशस्थित रुपन्देहीको ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । ४ प्रदेशका पाँच औद्योगिक क्षेत्र २५ अर्ब विदेशी लगानीमा पाँच बर्षभित्र सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । लुम्बिनी प्रदेशको बाँकेस्थित ‘नौवस्ता औद्योगिक क्षेत्र’ ९ अर्ब स्वदेशी लगानीमा निर्माण हुँदैछ । यसको कुल ३३८ सय बिघा रहेको छ ।

यता नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) ओली समूहका बाँके संयोजक सूर्य ढकालले मन्त्री भट्टले आज दिउँसो एक बजे एक कार्यक्रमका बीच नौवस्ता औद्योगिक क्षेत्र’को शिलान्यास गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार त्यसको लागि जिल्ला पार्टीले तयारी समेत गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका केही मन्त्रीहरुको समेत सहभागिता हुने उनको भनाइ छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा कार्यक्रम आयोजना हुन लागेको हो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७     8:59:42 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *