मानव बेचविखन विरुद्ध कार्ययोजना



कोहलपुर ।

कोहलपुर नगरपालिकाले मानवबेचविखन विरुद्ध कार्ययोजना बनाएको छ । बिहीबारदेखि सञ्चालन भएको मानव अधिकार र मानव बेचबिखन विरुद्ध सबलिकरण कार्यक्रमबाट कार्ययोजना तयार गरिएको हो । प्लान इन्टरनेशनल र युनिस्को क्बल नेपालगञ्जको आयोजना र कोहलपुर नगरपालिकाको समन्वयमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

कोहलपुर नगरपालिका महिला शाखा प्रमुख घटना शाहले मानव बेचविखन विरुद्ध कार्ययोजना बनाइएको बताइन् । कार्ययोजना अनुसार कोहलपुरका १५ वटै वडामा समिति गठन गरिनेछ । ती समिति मार्फत मानव बेचविखन विरुद्ध क्रियाकलाप सञ्चालन गर्ने उनको भनाइ छ ।

यस्तै कोहलपुर नगरपालिका नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रममा नै समावेश गर्ने गरी योजना निर्माण गरिएको बताए । त्यसमा यस्ता कार्यक्रमहरु समावेश गर्ने, लैङ्गिक हिंसा निवारण कोष परिचालन निर्देशिका बनाउने कुराहरु समावेश हुने र कार्ययोजना निर्माण हुने उनको भनाइ थियो ।

यस्तै, माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बाँके जिल्ला बालविवाह र मानव बेचविखनको दिनप्रतिदिनमा केशहरु बढ्दै गएको बताए । यसको न्यूनिकरण गर्नका लागि सबै समितिहरु तयार बनाई कार्यमा लगाउनुपर्नेमा उनको जोड थियो । अहिले विभिन्न माध्यमबाट मानव तस्करी, मानव बेचविखन कार्यहरु भैरहेका तथ्यांकहरु आउने गरेका छन आप्रवाशन पनि मुख्य कारण रहेको उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ८ गते शनिबार