29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

वसन्त पञ्चमी पर्व किन र कसरी मनाउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ३, २०७७  

वसन्त पञ्चमी ( श्रीपञ्चमी ) यो हिन्दुहरुको ठुलो पर्व हो । यसमा बिद्या कि देवि माता सरस्वती को बिद्याप्राप्ती को लागि विशेष पुजा गरिन्छ । विशेष गरि नेपाल भारत बङ्ग्लादेश लगायत हिन्दु बहुल राष्ट्रहरु मा हर्षोल्लास पुर्वक माता सरस्वती को पुजा गरि हलुवा एवं बिबिध मिस्ठान्न को प्रसाद बितरण गरि मनाइन्छ ।

पुराणहरुमा कथा आउछ सृष्टिको प्रारम्भिक कालमा भगवान् बिष्णुको आज्ञा पाएर ब्रह्मा ले सृष्टि गर्नु भयो । बिशेष मनुष्य को सृष्टि गर्नु भयो । तर आफ्नो सृजना बाट ब्रह्मा जि सन्तुष्ट हुन सक्नु भएन । उहाँ लाई लागेको थियो कि केही कमि छ मेरो सृष्टि मा जसको कारण ले चारैतिर मौनता छाएको छ । त्यस समय भगवान् बिष्णुको आज्ञा लिएर ब्रह्माजीले आफ्नो कमण्डलु मा रहेको जल पृथ्वीमा छिट्नु भयो । जलका थोपाहरु पृथ्वीमा पर्नासाथ पृथ्वीमा कम्पन उत्पन्न भयो र त्यही समय सबैको सामुमा एक अद्भुत शक्तिको प्राकट्य भयो । यो प्राकट्य चतुर्भुजी सुन्दरी स्त्रीको भएको थियो जसको एक हातमा वीणा अर्को हात वरमुद्रा मा र अन्य दुई हात मा पुस्तक र स्फटिक माला थियो त्यस समय ब्रह्माजीले देवि लाई वीणा बजाउन अनुरोध गर्नु भयो ब्रह्माजिको आज्ञानुसार देविको वीणाबाट मधुरनाद गुञ्जियो त्यसक्षण नै संसारमा समस्त चलाचल जीवजन्तूहरुमा वाणी प्राप्त भयो जल धाराहरुमा वृक्ष पर्वत हरुमा पशु-पंक्षीहरुमा कोलाहल व्याप्त भयो वायु प्रवाहको पनि आवाज आउन लागो तब ब्रह्माजिले उनी देवि लाई वाणी कि देवि सरस्वती भनी अन्य विविध नाम दिए जस्तै वागिश्वरी, भगवती, सारदा,वीणावादिनी, वाग्देवी यिनै नामले सरस्वती को पुजा गरिन लागो , सरस्वती बिद्या र बुद्धि प्रदाता हुन् संगीत को उत्पत्ति पनि यिनकै वीणा द्वारा भयेको हुनाले संगीतकि देवि पनि मानिन्छिन् ,यसरी सृष्टिको उत्पत्ति कालमा माघ मासको शुक्ल पक्षको पञ्चमी तिथिका दिन माता सरस्वती को उत्पत्ति भयेको हुनाले यसैदिन हामी सबै हिन्दुहरु माता सरस्वती को जन्मोत्सव मा हर्षोल्लास पुर्वक पुजाराधना गरि आफ्नो बिद्या र बुद्धि वृद्धि होस् भनी प्रार्थना गर्छौ ।

ब्रह्मवैवर्त पुराणमा भगवान् श्रीकृष्णले माता सरस्वतीलाई वरदान दिदै भन्नू भएको छ माघ शुक्ल पञ्चमी को दिन तथा बिद्यारम्भको समयमा जसले हजुरको पुजाराधना गर्नेछन् उनिहरुलाई नै वास्तविक ज्ञानको प्राप्ती हुनेछ । सरस्वतीको कृपाबाट मन्दबुद्धी पनि विद्वान हुनसक्छ । त्यसकारण नै वर्तमान समयमा पनि हाम्रा बालबच्चाहरुले पनि अक्षरारम्भ गर्ने दिवसको रुपमा वसन्तपञ्चमीलाई लिइन्छ , अर्थात् विद्यालय जान योग्य भएका नानी बाबू हरुलाई विद्यालय पठाई प्रथम अक्षर पढाईन्छ । वास्तवमा वसन्तपञ्चमी नै बच्चाहरुले शिक्षा प्रारम्भ गर्ने उपयुक्त दिन हो ।

अत: वसन्तपञ्चमीको दिन प्रातकाल उठि स्नानादी बाट निवृत्त भै पहेलो या सेतो कपडा धारण गरि सरस्वती मातालाई गंगाजल पञ्चामृत द्वारा स्नान गराई वस्त्र धारण गराइ धुप दिप पुष्प नैबेद्य अर्पण गरि देवि सङ्ग बिद्या र सत् बुद्धि प्राप्तिकोलागि प्रार्थना गर्नुपर्दछ !

प्रार्थना मन्त्र ÷ सरस्वती महाभागे बिद्ये कमल लोचने ।

बिद्यारुपे बिशालाक्षी बिद्यां देहि नमोsस्तुते ।।

लेखक: आचार्य टीकाराम पौडेल , बाणगंगा ४ डुगहवा कपिलवस्तु

प्रकाशित मितिः सोमवार, फाल्गुन ३, २०७७     10:44:18 PM  |