कोहलपुर ।
कोहलपुर नगरपालिकाले नगर सरसफाईका लागि जनचेतना कार्यक्रम आयोजना गरेको छ । कोहलपुर नगरपालिका क्षेत्रमा फोहोर बढ्दै गएको भन्दै नागरिकमा सचेतना बढाउनको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले उद्घाटन गरेका थिए ।‘हरित संगम स्थल हाम्रो शहर, सुन्दर समृद्ध कोहलपुर नगर’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिकाले जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
उद्घाटनको क्रममा बोल्दै थापाले फोहोरका कारणले कोहलपुर दुगन्र्धित बन्दै गएको बताए । उनका अनुसार नारामा मात्रै समृद्ध नगरपालिका भनेपनि व्यवहारमा त्यस्तो हुन नसक्दा चिन्ता बढिरहेको छ । ‘कोहलपुर –नेपालगञ्ज रोडमा पर्ने न्यूरोड, साँझा चोक, उज्यालो बजार, एन.टि.भि. रोड क्षेत्रमा सरसफाई भइरहेको छ। तर अन्य स्थानमा नियमित रुपमा काम हुन सकेको छैन ।
त्यसैले सचेतनामुलक कार्यक्रम गर्न आवश्यक छ । त्यसको लागि जनचेतना कार्यक्रमले निकै प्रभावकारी हुनेछ ।’ वडा अध्यक्ष थापाले भने । महिलाहरुले घरभित्रको कामहरु गर्ने भएकोले उनीहरुलाई जनचेतना कार्यक्रममा सहभागी गराउनुपर्नेमा उनको जोड रहेको थियो । ्र
यस्तै कोहलपुर नगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख पुरुषोत्तम पोखरेलले १५ वटै वडामा सरसफाई कार्यक्रम गरिने बताए । उनका अनुसार पहिलो दिनमा १ देखि ५ वडा, दोस्रो दिनमा ६ देखि १० वडा र तेस्रो दिनमा ११ देखि १५ वडाहरुलाई सरसफाई सम्बन्धी जनचेतना मुलक अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिने पोखरेलले बताए । सरसफाई सम्बन्धी जनचेतना कार्यक्रममा सुर्य बहादुर खड्का, लाल बहादुर बुढा र पुरुषोत्तम पोखरेलले मुख्य प्रशिक्षकको रुपमा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्