कोहलपुर ।
त्रिभूवन माविमा कक्षा ११ मा अध्ययनरत सिता विकको हातमा यतिबेला कलम हुनु पर्ने हो ।तर उनी अहिले भागरथी भट्टको न्यायको लागि सडकमा उत्रिएकी छन् । देशभर भइरहेको बलात्कारका विरुद्ध विरोध प्रदर्शन भइरहेको बारे उनी जानकार थिइन् । यस्तै उनी क्रियाशिल रहेको नगर बाल सञ्जालबाट बिहीबार नै बलात्कार, हत्या र हिंसाका विषयमा विरोध प्रदर्शन कार्यक्रम हुने र सहभागी हुन सूचना प्राप्त भयो ।
क्लबको उपाध्यक्ष भएकोले समेत उनी आउन जरुरी पनि थियो । सोही अनुसार सिता शुक्रबार प्ले कार्ड सहित सडकमा आइन् । आफू जस्तै साथीहरुको न्यायको लागि भन्दै उनी खुसी भएर कार्यक्रममा सहभागी भइन् । उत्साहका साथ उनले नारा समेत लगाइन् । तर उनको मन भने खुसी छैन । देशमा दैनिक बालिकाहरु माथि भइरहेको हत्या,हिंसा र बलात्कार प्रति दुःखी छिन्,उनी । उपाध्यक्ष विक भन्छिन्,छोरीहरुलाई देशमा बाँच्ने अवस्था नै छैन ।
परिवार र आफन्तबाट हामी कति असुरक्षित भइरहने, मरिरहने, बलात्कृत भइरहने ।’ आफ्नो तर्फबाट राज्यलाई दबाब दिने उद्देश्यले आफू सडकमा आएको उनको भनाई छ । कोहलपुरमा ‘बलात्कारीलाई सजाय पीडितलाई न्याय’ भन्ने मुल नाराका साथ नगर स्तरीय बाल सञ्जालले आयोेजना गरेको विरोध प्रदर्शनीमा उनीहरुले तत्काल भागरथी भट्टको न्यायको लागि हत्यारालाई पक्रन सरकारसँग माग समेत गरेका छन् । प्रदर्शनमा सहभागी बालिकाहरुले महिला र बालिकाको सुरक्षाको ज्ञारेन्टी राज्यले लिनुपर्ने बताएका थिए । उक्त अवसरमा बोल्दै उनले भागरथीको न्यायको लागि सबै एकजुट हुन आह्वान समेत गरिन् ।
उक्त प्रर्दशनमा सहभागी बालिकाहरुले ‘दिदी बहिनीको सम्मान गरे के फरक पर्छ आफ्नो होस या अर्काको, लंैगिक हिंसा सामाजिक अपराध हो । सरकार कहाँ चुक्दैन बलात्कारी सँग झुक्दैछ । बलात्कारीलाई फासीले दे, म अर्को पीडित हो । अब त नारी सुरक्षित ९ महिना होला त , जब जब कुनै घरमा छोरी जन्मिन्छ । तब तब निर्मला र सम्झनाको आँशाबाट आँशु खस्छ । पीडितलाई न्याय दे ।’ लगायतका नारा लगाएका थिए ।
उक्त विरोध प्रदर्शनमा बोल्दै नगर बाल सञ्जालका अध्यक्ष रमेश वरले सम्पूर्ण बालबालिकाहरुलाई भागरथी भट्टको न्यायको लागि विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरे । उनले दैनिक बालिकाहरुमाथि बलात्कार हुँदा समेत सरकार मौन बस्नु राम्रो कुरा नभएको बताए । उनका अनुसार हरेक पुरुषहरुले महिला तथा बालिकाहरुको सम्मान गर्नु पर्ने बताए ।
यस्तै उक्त अवसरमा बोल्दै समाज सेवा संस्था नेपालका केन्द्रीय विनोद थापाले बलात्कार लगायतका विषयमा बनेका कानुनहरुको अक्षरस पालना हुनुपर्ने बताए ।उनले सबैले आमा तथा दिदी, बहिनीहरुलाई सम्मान गर्न समेत अपिल गरे । बलात्कारका पीडित माथि राजनीतिक संरक्षण हुने गरेका कारण पनि नेपालमा हत्या, हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको भनाई थियो ।
महिला तथा बालबालिका हिंसा विरुद्ध सहभागी हुन आह्वान गरिएको विरोध प्रदर्शनमा नगर स्तरीय बाल सञ्चालनका पदाधिकारी तथा सदस्यहरु, विभिन्न संस्थाका प्रतिनिध तथा विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहकार्य स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके,वान अर्थ वान लभ, समाज सुधार कार्यक्रम नेपाल र समाज सेवा संस्था नेपालले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्