आज सेमिफाइनलका लागि स्टार एफ.सी. र गौरीगंगा भिड्दै



कोहलपुर ।

बाँकेको कोहलपुरमा जारी स्वर्गीय सुजाता राई अधिकारी स्मृति फुटबल प्रतियोगितामा आज सेमिफाइनलका लागि दुई टिम भिड्दै छन् । सेमिफाइनल प्रवेशका लागि स्टार एफ.सी र गौरीगंगा ११ कैलाली प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खेल दिउँसो २ बजेबाट सुरु
हुनेछ ।

प्रतियोगितामा यसअघि तीन वटा टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । एपिएफ ५ नम्बर प्रदेश, न्यू डाँफे स्पोट्स क्लब र आयोजक (ए) रहेका छन् । यस्तै प्रतियोगिता सुरु भएको पाँचौ दिनको पहिलो सेमिफाइनलका लागि एपिएफ ५ नम्बर प्रदेश र गेरुवा गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो ।

जसमा एपिएफ ५ नम्बर प्रदेशले गेरुवा गाउँपालिकालाई (१—०) गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै पाँचौ दिनको दोस्रो खेलमा न्यू डाँफे स्पोट्स क्लब र आयोजक (बी) वीच प्रतिस्पर्धा भएको थियो । न्यू डाँफे स्पोट्स क्लबले आयोजक (बी) लाई (२—०) गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । न्यू डाँफेका खेलाडि सुदिप गुरुङ्गले खेल सुरु भएको २६ मिनेटमा गोल गरेका थिए भने अर्को खेलाडी बिनोद केसीले ६० मिनेटमा गोल गरेका थिए ।

केसीलाई भने म्यान अफ द म्याचको रुपमा घोषणा गरेको आयोजक कमिटिका सदस्य शाहले जानकारी दिए । यस्तै प्रतियोगिता सुरु भएको चौथो दिनमा भने आयोजक (ए) र पब्लिक लर्ड बुद्ध प्रतिस्पर्धा गरेका थिए ।

जसमा आयोजक ‘ए’ ले पब्लिक लर्ड बुद्धलाई (१—०) गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको राष्ट्रि«य रेफ्री अमृत केसी, श्याम बहादुर खड्का, अम्मर गुरुङ्ग रहेका छन् । प्रतियोगिताको हुलास पिठो र सनराइज कपी उद्योगले प्रायोजन गरेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ । सुजाता स्मृति फुटबल प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रबार