सुर्खेत
कर्णाली प्रदेश राजधानी सुर्खेतमा लागूऔषधको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ । प्रदेश राजधानीमै लागूऔषध कारोबारको अवस्था अत्यन्त नाजुक अवस्थामा रहेको पाइएको हो । पछिल्ला केही वर्षको तथ्यांकले समेत सुर्खेतमा लागूऔषधको कारोबार बढेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अघिल्ला आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धेरै लागूऔषध कारोबारी पक्राउ परेको जनाएको छ । जिप्रका सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीले चालू आर्थिक वर्षको माघ २७ गतेसम्म लागु औषध कारोबारी गरेको आरोपमा कुल ४२ जना रहेको बताए । उनका अनुसार ती मध्ये ६ जना महिला र ३६ जना पुरुष रहेका छन् ।
चालू आर्थिक वर्षको अहिलेसम्म २० वटा मुद्दा दर्ता गरेको उनले बताए । डीएसपी घर्तीले आर्थिक वर्ष २०७४÷०७५ मा ३५ मुद्दा प्रहरीले दर्ता गरेको बताए । त्यतिबेला ५ महिलासहित ५६ जना पक्राउ परेका थिए ।आर्थिक वर्ष ०७५÷०७६ मा ७४ वटा लागुऔषध सम्बन्धी मुद्दा प्रहरीले दर्ता गरेको थियो । जुन मुद्दामा ११५ पुरुष तथा १४ महिला पक्राउ परेका थिए ।
प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगर, चरेश, गाँजा, नाइट्रोसन बरामद गरेको थियो ।आर्थिक वर्ष ०७६÷०७७ मा प्रहरीले ५४ वटा मुद्दा दर्तागरेकोमा ९ महिलासहित ८९ जना पक्राउ ग¥यो । उनीहरुबाट ब्राउनसुगर, चरेश, गाँजा, नाइट्रोसन, कोरेकस बरामत भयो । उनी भन्छन्,‘यस बिरुद्ध प्रहरीले अभियान थालेको छ । सकभर यस्तो कारोबर नहोस भन्ने चाहना हो । लागूऔषध मुक्त सुर्खेतको लक्ष्यका साथ प्रहरी अघि बढिरहेको छ ।’









प्रतिक्रिया दिनुहोस्