भागरथीलाई न्याय दिन अखिल (क्रान्तिकारी)को माग



कोहलपुर

देशभर बलात्कारपछि घाँटी थिचेर हत्या गरिएकी बैतडीकी भागरथी भट्टको न्यायको लागि विरोध प्रदर्शन भइरहेका छन् । एकसाता अघि स्कूलबाट घर फर्किने बेला हत्या गरिएकी भट्टको न्यायको लागि देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेका हुन् ।

यस्तै बाँकेमा समेत बिहीबार विभिन्न समूह, संस्था र विद्यार्थीहरुको अगुवाईमा भट्टको न्यायको लागि विरोध प्रदर्शन तथा ¥यालीको आयोजना गरिएको छ । बाँकेको कोहलपुरमा एकैदिन, लायन्स क्लब अफ कोहलपुर कस्तुरी, मेची महाकाली बुहारी संयुक्त आवाज, नेविसंघ लगाायतका समूह र संगठनहरुले विरोध प्रदर्शन गरे ।

यस्तै बाँकेको कोहलपुरमा अखिल (क्रान्तिकारी) बाँकेले पनि बृहत विरोध प्रदर्शन गरेको थियो । भूमिगत रुपमा राजनीति गरिरहेको बिप्लव नेतृत्वको पार्टीको भातृ संगठन समेत रहेको अखिलले केपी ओलीको दलाल सरकारको पालामा सबैभन्दा बढी बलात्कारका घटना भएको बताइएको थियो ।

उक्त प्रदर्शनमा विद्यार्थीहरुले ‘मान्छे मार्न पाइदैन, भागरथीलाई न्याय दे, लगायतका नारा समेत लगाएका थिए । उक्त विरोध प्रदर्शन त्रिभूवन माविदेखि, एनटिभी, न्यूरोड हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।

उक्त कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी) बाँके महेन्द्र बहुमुखी क्याम्पस ईकाई कमिटीका सभापति डिल्ली क्षेत्रीले भागरथीको न्यायको लागि विद्यार्थीहरु सडकमा आउनुको विकल्प रहेको बताएका थिए । उनका अनुसार वर्तमान सरकार बलात्कारीहरुको मतियार हो । ‘जबसम्म सरकारले बलात्कारले संरक्षण गरिरहन्छ ।

तबसम्म सबैले यस्तै नियती भोग्दै जानुपर्छ । निर्मला र भागरथीहरुले न्याय पाउनैपर्छ । हामी निरन्तर विरोध गरिरहने छौ ।’ उनले भने । अहिले देशभर भागरथीको न्यायको लागि आन्दोलन भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रबार