प्रविधिमैत्री बन्दै कोहलपुर बसपार्क



कोहलपुर :

कोहलपुर बसपाक प्रविधिमैत्री बन्दै गएको छ । कोहलपुर नगर विकास समितिको स्वामित्वमा सञ्चालन हुँदै आएको बसपार्कमा अब सबै कामहरु प्रविधिको प्रयोगबाट मात्रै हुने भएको हो । बुधबारबाट बसपार्कमा अनलाइन टिकट काउण्टरको उद्घाटन गरिएको हो ।यसअघि बसपार्कमा सबै कामहरु कागजी रुपमा हातले हुँदै आएका थिए ।अब भने सबै कामहरु अनलाइन मार्फत हुने भएका छन् ।बसपार्क कम्प्युटराइज्ड टिकट काउन्टरको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

उक्त अनलाइन टिकट काउन्टरको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै उनले विज्ञानको युगमा अनलाइन मार्फत टिकट काट्ने कामको सुरुवात हुनुको सुखद् भएको बताए । उनका अनुसार यसले यातायात व्यवसायीहरुबाट यात्रुहरुले पाउने दुःख काम हुनेछ । भने स्वंयम व्यवसायीहरुलाई पनि कामक गर्नको लागि सजिलो हुनेछ । बागेश्वरी यातायात प्रा.ली.का अध्यक्ष मनप्रसाद आचार्यले देशका अन्य ठाउँमा जस्तै कोहलपुरमा पनि नयाँ ढंगबाट अघि बढ्ने उद्देश्यका साथ अनलाइन टिकटको सेवा प्रवाह गर्न सुरु गरिएको हो । यस अघि कोहलपुरमा अनलाइन टिकटको ट्रायल ओपनिङ भइरहेको थियो । जुन यात्रुहरुमा छोटो समयमा लोकप्रिय बनेको छ । बुधबारबाट यसको औपचारिक सेवा बाँकेमा सुरु भएको छ ।

बाँकेको कोहलपुर र नेपालगन्जमा यो सेवा सुरु भएको हो ।बाँकेमा पहिलो पटक दुई वटा यातायात प्रा.ली.ले यो सेवा सुरु गरेका थिए । बाँकेमा सबैभन्दा पहिला बागेश्वरी यातायात प्रा.ली. र नमस्ते कान्तिपुर यातायात प्रा.ली.ले अनलाइन टिकटको काउन्टर नै सञ्चालन गरिरहेका थिए । अहिले नागरिक र सेवा सगरमाथा प्रा.ली. पनि अनलाइन टिकट सेवा सुरु गरेको बोन्जुर म्यानेजमेन्ट प्रा.ली.ले जनाएको छ । बाँके सहित पश्चिम नेपालमा अनलाइन टिकट काउन्टर स्थापना, कर्मचारीहरुको क्षमता विकासका लागि बोन्जुर म्यानेजमेन्ट प्रा.ली.ले नै काम गरिरहेको छ ।

प्रा.ली.का अध्यक्ष दिपेन्द्र खतिवाडाले पश्चिम क्षेत्रलाई लक्षित गरेर कोहलपुरमा कार्यालय समेत स्थापना गरेको बताए ।उनका अनुसार यो सेवा नेपालमा पहिलोपटक २०७४ बाट सुरु भएको हो ।उनले २०७६ फागुनमा परिक्षण सेवा सुरु गरेपनि लकडाउनका कारण सम्भव नभएको र अहिले भने निकै राम्रोसँग सेवा सुरु हुन थालेको बताए । योसँग कोहलपुर बसपार्क नेपाल कै पहिलो कम्प्युटराइज्ड बसपार्क बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २२ गते बिहीबार