नेपालगन्ज ।
बाँकेमा बुधबार पछिल्लो २४ घण्टामा ५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । जिल्लाका एक सरकारी र एक निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार ४ महिला र १ पुरुष गरी ५ जना कोरोना संक्रमित थपिएका हुन् । नेपालगन्जस्थित भेरी अस्पतालको ल्यावमा गरिएको परीक्षणमा ३ महिला र १ पुरुष तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा १ महिलामा संक्रमण पुष्टि भएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय १७ जना पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । तीमध्ये १ हजार ६ सय २६ जना महिला र २ हजार ९ सय ९१ जना पुरुषहरु रहेका छन् । पछिल्लो २४ घण्टासम्म जिल्लामा ४ हजार ५ सय ३ जना कोरोना जितेर फर्किएका थिए । फोकल पर्सन ओलीका अनुसार तीमध्ये १ हजार ५ सय ७४ जना महिला र २ हजार ९ सय २९ जना पुरुषहरु रहेका छन् । बुधबार पछिल्लो २४ घण्टामा १ महिला र ३ पुरुष गरी ४ जना कोरोना जितेर घर फर्किएका थिए । जिल्लामा अब ३६ महिला र २७ पुरुष गरी जम्मा ६३ जना संक्रिय कोरोना संक्रमितहरु रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा बुधबार देशभर थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । ४ हजार ३८२ नमुना परीक्षण गर्दा ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९ जना संक्रमणमुक्त भएका छन् भने २०२० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकमा उल्लेख रहेको छ । मन्त्रालयका अनुसार झापामा ४, ताप्लेजुङमा १, तेह्रथुममा १, सुनसरीमा १, धनुषामा ४, बारामा २, महोत्तरीमा १, सप्तरीमा १, सिरहामा १, काठमाडौँमा १२२, काभ्रेमा १, चितवनमा २७, दोलखामा २, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ९ र ललितपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै सिन्धुपाल्चोकमा १, कास्कीमा २३, गोरखाका २, तनहुँमा ३, नवलपरासी पूर्वमा १०, लमजुङमा १, बाग्लुङमा १, स्याङजामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा १, पाल्पामा २, बर्दियामा ४, बाँकेमा ९, रुपन्देहीमा ११, अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा ६, डोटीमा २ र बैतडीमा १ जना संक्रमित थपिएका थिए । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले
जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्