बाँकेको नेपालगन्जमा नेकपा प्रचण्ड–माधव समूहको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएको छ । उक्त समूहका केन्द्रीय नेताहरुको उपस्थितीमा आज दिउँसो नेपालगन्जमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण हुन गइरहेको हो ।
देशमा संवैधानिक संकट बढ्दै गएको बेला नेकपाको प्रचण्ड–माधव समूहले नेपालगन्ज, बर्दिया र दाङमा बृहत्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार दाङमा तुलसीपुरमा बृहत्त कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भइसकेको छ ।
आज दिउँसो नेपालगन्जस्थित सिद्धार्थ कटेजमा १ बजेबाट सुरु हुने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेकपाका अध्यक्ष माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आइपी’ले जानकारी दिए ।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए ।
नेपालगन्जको प्रशिक्षण कार्यक्रमअघि अध्यक्ष नेपाललगायतका नेताहरु बिहान १० बजे हुने बर्दियाको कार्यकर्ता परीक्षणमा पुग्नेछन् । उनीहरु बर्दियाको कार्यक्रमा भाग लिएर मात्र नेपालगन्जको कार्यक्रममा आउँनेछन् ।










प्रतिक्रिया दिनुहोस्