कोहलपुर ।
प्रथम पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक च्याम्पियन स्पोर्ट क्लब र अखिल ट्रेड यूनियन महासंघ नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
दुवै टोलीले सेमिफाईनलमा जित हात पार्दै उपाधिका लागि आज प्रतिस्पर्धा गर्ने भएका हुन् । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि) ले ट्रेड यूनियन महासंघ (टुकोना) लाई (२५—१२, २५—१५, २५—१९) मा हराउँदै फाइनल प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक च्याम्पियन स्पोर्ट क्लबले अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए) लाई (२५—२०, २५—१५, २५—२०) मा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्धितीय हुनेलाई २५ हजार पुरस्कार सहित प्रमाण पत्र र ट्रफि सहित पुरस्कारको व्यवस्था गरिएको च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले जानकारी दिए । प्रतियोगिताको लागि कोहलपुर नगरपालिका ९ र १४ को वडा कार्यालयहरुले संयूक्त रुपमा सहयोग गरेका छन् भने प्राविधिक सहयोग भने जि–फोटिन युथ एण्ड स्पोर्ट क्लबले गरेको हो ।
प्रथम पुरुष खुल्ला भलिवल प्रतियोगिताको आज कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले समापन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सुधन गुरुङ्गले बताए ।