18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

सशस्त्र प्रहरीद्धारा अवैध समान बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ १, २०७७  

बर्दिया ।

भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्रले प्रहरीले विभिन्न समानहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाबाट खटिएको टोलीले अवैध समानहरु बरामद गरेको हो ।

अवैध चोरी, तस्करी र सीमा अपराध नियन्त्रण गर्ने क्रममा भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न समानहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लाको विभिन्न स्थानमा खटिएको सशस्त्रको टोलीले सीमा क्षेत्रबाट तस्करी गरेर नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा समानहरु बरामद गरेको थियो ।

९१ हजार ८८० रुपैयाँ बराबरको अवैध मालसमान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ ।

तस्करहरु भने सशस्त्रको टोलीलाई देख्नेवित्तिकै समानहरु छोडेर भारतर्फ नै भागेको बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, माघ १, २०७७     8:36:10 AM  |