21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

उत्पादनको बजारीकरणका लागि खाद्य बैंक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७  

सुर्खेत ।

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णालीमा उत्पादित अर्गानिक उत्पादन बजारीकरण सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन् । कर्णालीका कृषकले उत्पादन गरेका अर्गानिक खान योग्य खाद्यवस्तुलाई बजारीकरण गर्न सरकार गम्भीर रहेको उनले बताए । प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रिय खाद्य बैंक साक्षत्कार अभियानमा बोल्दै मन्त्री बुढाले किसानहरुद्धारा दुःख गरेर उत्पादित अर्गानिक मार्फत हुने बताएका हुन् ।

‘देशभर राष्ट्रिय खाद्य बैंक लिमिटेडले उत्पादन बजारीकरण गर्दै आएको छ । अब कर्णालीका अर्गानिक उत्पादन पनि अन्य क्षेत्रमा पुग्छन् । अन्य क्षेत्रका हाम्रो प्रदेशमा आउँछन् । त्यसको लागि सरकारले सबै कुराहरुको तयारी गरिरहेको छ’ उनले भने । यस्तै मन्त्री बुढाले खाद्यबाली तथा तरकारी÷फलफूललाई बैंकले नै बजारीकरण गरी कृषकका समस्याहरुलाई गर्ने पनि बताए । उनका अनुसार कृषकले ठूला उद्योग सञ्चालन गर्न चाहेमा यस बैंकले उचित ब्याजदरमा ऋण समेत प्रदान गर्छ ।

उक्त अवसरमा बोल्दै राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उपे्रतीले कर्णाली प्रदेश आफैमा अर्गानिक प्रदेश भएकाले कृषि तथा खाद्यवस्तु सम्बन्धी कर्णालीका नागरिकलाई अभिमुखीकरण गराइएको बताए । उनका अनुसार आम नागरिकलाई कृषि जन्य उत्पादनमा आवश्यक पर्ने औजार तथा वीउ, विजनहरु बैंकले सहजै कृषक सामु पु¥याउनेछ । अध्यक्ष उप्रेतीले उत्पादन गरिएका अर्गानिक खाद्य तथा नगदेबालीलाई बजारीकरण गर्न बैंकको स्थापना गरिएको जानकारी दिए ।

‘हामीले आम कृषकको समस्यालाई मध्यनजर गर्दै यो तरिका अपनाएका हौँ’ उनले भने, ‘त्यसैले अर्गनिक खाद्य उत्पादनमा सहयोग गर्न घरदैलो मै पुग्छौं । यसको लागि सबैको साथ आवश्यक छ ।’ साथै खाद्यान्न, दलहन, तरकारी, दुधजन्य, माछा÷मासु जन्य पदार्थ, रैथाने बाली तथा मसला, जडिबुटी लगायतका वस्तुको उत्पादन गराउन लगाई कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष उप्रेतीले बताए ।

यस्तै उनले कृषकहरुसँग नजिक भएर पाइलट प्रोजेक्टको रुपमा काम गर्ने, महिला उपभोक्ता, सहकारी तथा कृषिसँग आवद्ध निकायहरुलाई सहभागी गराइने बताए । उनी भन्छन्, ‘कृषकको जग्गा तथा माटोको परीक्षण गरेर मात्र हामीले अर्गानिक वस्तुको उत्पादन गर्न लगाउँछौँ, अनि बीउ विजन वितरण गर्नेछौं । कृषकहरुको लगानीको जिम्मा बैंक आफैले लिने छ ।’

प्रकाशित मितिः बिहिबार, पुस १६, २०७७     10:48:02 AM  |